Showing posts with label कल्पना थापा. Show all posts
Showing posts with label कल्पना थापा. Show all posts

Monday, June 9, 2008

मेरो दुर्भाग्य

कल्पना थापा
जन्मः २०४८/२/१८
स्थानः लेले गाविस, ललितपुर, वडा नं. ९
विद्यालयः अमर कान्ति सेकेण्डरी इङ्गलिस स्कूल, लेले, ललितपुर
कक्षाः ९


भागमा माया पाउँछु भन्थेँ
तर घृणाको पात्र भएछु
सुन्दर हरियाली बन्छु भन्थेँ
तर उजाड मरुभूमि मात्र भएछु ।

अमृत भएर बग्छु भन्थेँ
तर बिषै बिषको पात्रो भएछु
सौभाग्यको रङ्ग छर्छु भन्थेँ
तर सिन्दुर लुट्ने कात्रो भएछु ।

सारा जीवन हाँसेर बाँच्छु भन्थेँ
तर भयानक कालको मित्र भएछु
संसारमा सुवास छर्छु भन्थेँ
तर मात्र भित्ते चित्र भएछु ।

फूलको रस बन्छु भन्थेँ
तर तीतो निमको पत्र भएछु
निरोगी भई बाँच्छु भन्थेँ
तर घाउको सँख्या सत्र भएछु ।

देशमा शान्ति ल्याउँछु भन्थेँ
तर अशान्तिको सुत्र भएछु
आमाको सपना सजाउँछु भन्थेँ
तर देश भाँडने कुपुत्र भएछु ।

राष्ट्रिय पोशाक बन्छु भन्थेँ
तर फाटेको चोली झुत्रो भएछु
काफल बनी सँधै रातिन्छु भन्थेँ
तर कालो कालो चुत्रो भएछु ।